Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंकको बचतमा वाणिज्य बैंकहरूमध्येकै सर्वाधिक ब्याज

एनएमबी बैंकको बचतमा वाणिज्य बैंकहरूमध्येकै सर्वाधिक ब्याज


काठमाडौं ।
हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबी बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबी बैंकले अहिले आफ्ना ग्राहकहरूलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले पाँच दशमलव ६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन वाणिज्य बैंकहरूले प्रदान गरिरहेमध्येकै सर्वाधिक ब्यााज हो । बैंकले मुद्दतीमा भने आठ दशमलव ३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ

हाल मुख्यतया बैंकहरूले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए पनि एनएमबीले भने स–साना निक्षेपकर्ताहरूलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३३ करोड ९९ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५५ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब २७ करोड २४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब तीन लाख ६० करोड ९० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिभमा तीन दसमालव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब २७ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६६ करोड तीन लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २९ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया