Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको ७८ हजार एक सय ५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले यही असार तीन गतेदेखि यही असार १० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया