Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारफोनबाटै मेगा बैंकमा दुई लाखसम्मको कर्जा पाइने

फोनबाटै मेगा बैंकमा दुई लाखसम्मको कर्जा पाइने


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।

यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम दुई लाख उपभोग गर्न सक्नेछन् ।

विनाझन्झट, विनाधितो, बैंकमा उपस्थित नभई, विना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरूले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनुपर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया