Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंकद्वारा मनाङ जिल्लाका बाढीप्रभावितलाई राहत वितरण

एनएमबी बैंकद्वारा मनाङ जिल्लाका बाढीप्रभावितलाई राहत वितरण


काठमाडौं ।
मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबी बैंकद्वारा राहत वितरण गरिएको छ । राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको थियो । एनएमबी बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरू, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा उपर्युक्त गुणस्तरीय सामग्रीहरू वितरण भएको थियो ।

अचानक मौसम प्रतिकूल भएर बाढीले अलपत्र भई जीवनमरणको दोसाँधमा रहेका तीन जना नाबालकसहित गरी पाँच जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकोप्टरबाट उद्धार स्वरूप उपचारका लागि काठमाडौँ पठाएको थियोे । उद्धार गरिएका व्यक्तिहरूमा वर्ष ६५ का बुद्धराम गुरुङ, वर्ष ९ का जोहन गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङ रहेका छन् ।

विगत केही दिनयता लगातारको भारी वर्षापछिको पहिरोले मनाङका अधिकांश नदिहरू थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौँ मानिसहरू घरबारविहीन भएका छन् । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग नौ सय घरधुरीहरू आफ्नो बसोबास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनाहरूमा पनि निकै क्षति पु-याएको छ । चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने स्थानमा मस्र्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया