Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार होटेल इच्छा प्रालि सिमरा, बारामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको १९औं वार्षिक साधारणसभाबाट आठ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसहमतिबाट पारित भएको छ । साबिक एक अर्ब दुुई करोड ६४ लाख ३२ हजार चुक्ता पुँजीबाट बोनस सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ पुग्नेछ ।

साधारण सभाबाट कम्पनीको संस्थापक समूह ‘ख’ अन्तर्गत दुुई जना सञ्चालकहरूको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघाई र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरूलाई निर्वाचन अधिकृतले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराएका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया