Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग

कुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग


काठमाडौं ।
कुमारी बैंकले सिन्धुपाल्चोकका बाढीपीडितहरूलाई सहयोग गरेको छ । केही दिनदेखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी पहिरोले पु¥याएको जनधनको क्षति एवं विनाशले बैंकलाई निकै स्तब्ध बनाएको भन्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

यस विपत्मा आत्मबललाई उच्च राखी विपत्सँग सामना गर्नुपर्ने अवस्था रहेको र विपत्मा गरिने सानो सहयोगले पनि पीडितजनलाई ठूलो राहत हुने भएकोले बैंकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित जन समुदायलाई सहयोग स्वरूप पीडितजन समुदायका लागि तीन सय थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, पाँच सय थान कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधिहरू प्रदान गरेको छ । उक्त राहत सामग्री कुमारी बैंक मेलम्ची शाखाका शाखा प्रमुख विनोदभक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्ना देशव्यापी एक ९४ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २६ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदालगायतका विभिन्न क्षेत्रमा सहयोग पु-याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बैंकले चालू आर्थिक वर्षको तेस्र्रो त्रैमासिक अवधिमा एक अर्ब ८० करोड ८४ लाख ८३ हजार पाँच सय ३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब ६९ करोड ५५ लाख ८५ हजार आठ सय ५४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २९ अर्ब चार करोड १५ लाख ८५ हजार सात सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८२ करोड ७२ लाख १४७ हजार सात सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव १९ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ४६ लाख ४९ हजार नौ सय ६८ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया