Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसुचक २८ सय ३४ अंकमा

सेयर बजार परिसुचक २८ सय ३४ अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पनि ७१ दसमलव छ अंकले ओरालो लागेर २८ सय ३४ दसमलव ४० अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ३७ अंकले ओरालो लागेर पाँच सय २० दसमलव १८ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २७ हजार आठ सय ३७ पटकको कारोवारमा दुई करोड २५ लाख २२ हजार चार सय ९१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुुसार आज कुल सेयर कारोवार रकम ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार छ सय ७४ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया