बजार परिसूचक १३ सय १० अंकमा
काठमाडौं, माघ ५
यस साता सेयर बजार परिसूचक १३ सय १० दशमलव २३ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८२ दशमलव ८७ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७७ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ७५ हजार एक सय ९५ वटा कारोबारमा एक करोड ६६ लाख ७४ हजार चार सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम छ अर्ब ६७ करोड २० लाख ६१ हजार तीन सय ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ७४ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ५२ हजार एक सय ६९ वटा कारोबारमा एक करोड ४६ लाख ८२ हजार तीन सय ९६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम चार अर्ब २२ करोड ५५ लाख ६४ हजार दुई सय ४१ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन बजार परिसूचक उकालो लागेको थियो भने तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक ४२ दशमलव ६१ अंकले उकालो लागेर १२ सय ५५ दशमलव ७२ अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४७ अंकले उकालो लागेर दुई सय ६२ दशमलव ७३ अंकमा चढेको थियो ।
दोस्रो दिन पनि बजार परिसूचक १५ दशमलव १४ अंकले उकालो लागेर १२ सय ७० दशमलव ८६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले उकालो लागेर दुई सय ७६ दशमलव २८ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो । उक्त दिन बजार परिसूचक सात दशमलव ४८ अंकले ओरालो लागेर १२ सय ६३ दशमलव ३८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई अंकले ओरालो लागेर दुई सय ७४ दशमलव २८ अंकमा झरेको थियो ।
चौंथो दिन भने बजार परिसूचक २० दशमलव ८५ अंकले उकालो लागेर १२ सय ८४ दशमलव २३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६८ अंकले उकालो लागेर दुई सय ७८ दशमलव ९७ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक २६ अंकले उकालो लागेर १३ सय १० दशमलव २३ अंकमा चढेकोे थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव नौ अंकले उकालो लागेर दुई सय ८२ दशमलव ८७ अंकमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा एनआईसी एशिया बैंक, शिवम सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा भने प्रभु बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक आदि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने ग्लोवल आईएमई बैंक र सिर्जना फाइनान्सको हकप्रद सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया