Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सले डेभलपमेन्ट बैंकद्वारा हकप्रद सेयरको लागि आवेदन

एक्सले डेभलपमेन्ट बैंकद्वारा हकप्रद सेयरको लागि आवेदन


काठमाडौँ ।
एक्सेल डेभलपमेन्ट बैंकले २४ करोड ३३ लाख ३६ हजार तीन सय ६७ रुपैयाँ ४२ पैसा रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २४ लाख ३३ हजार तीन सय ६३ दशमलव ६७ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दे बोर्डसमक्ष आवेदन दिएको हो ।

बोर्डका अनुसार बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ७७ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा आठ करोड ६० लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ११ अर्ब छ करोड ४९ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब तीन करोड एक लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ७१ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने नौ करोड ५७ लाख आठ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले १० अर्ब १४ करोड ११ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ८० करोड ९१ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३२ करोड ९६ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ७६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया