Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा छुट दिने

कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा छुट दिने


काठमाडौँ ।
कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा भारी छुट दिने घोषणा गरेको छ । हाल कोभिड–१९का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि एक सय प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन कर्जा ग्राहकहरूलाई अनुरोध गर्दै आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरूमा २०७८ असार मसान्तभित्र यथाशीघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न समेत बैंकले आग्रह गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब सात करोड ३० लाख ६१ हजार एक सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब चार करोड ४६ लाख ३५ हजार एक सय ९४ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार आठ सय दुई रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४५ अर्ब ३६ करोड नौ लाख १३ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९४ करोड नौ लाख ७८ हजार दुई सय ८७ रुपैयााँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १६ करोड ५६ लाख ३७ हजार एक सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४३ करोड १९ लाख २६ हजार पाँच सय ५३ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख ५५ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब २१ अर्ब ८४ करोड ९३ लाख ९४ हजार दुुई सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा एक अर्ब ४७ करोड नौ लाख ५६ हजार नौ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया