मञ्जुश्रीले ८० प्रतिशत नगद लाभांश दिने
काठमाडौं, माघ ५
मञ्जुश्री फाइनान्स लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले मंगलबार थापागाँउ व्याङकेट, नयाँ बानेश्वरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आ.व. २०७५/०७६ को लागि प्रस्तावित नौ दशमलव ८० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर समेत) र एक दशमलव ७५ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ ।
संस्थाको यसअघि सम्मको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार दुई सय १० रुपैयाँ रहेको छ । फाइनान्सले चालू आवको पुस मसान्त सम्म सात अर्ब ७० करोड निक्षेप संकलन गरी छ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणि गौतमलाई आगामि चार वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहेको फाइनान्सले हाल न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया