Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश दिने

नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश दिने


काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही असार सात गते बसेको सञ्चालक समितिको तीन सय ४०औं बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसरी वितरण हुने कुल लाभांशमध्ये १६ दशमलव ५० प्रतिशत बोनस सेयर र तीन दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल सरकार एवं नियमनकारी निकाय बीमा समितिको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया