Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमनकामना स्मार्ट लघुवित्तले तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने

मनकामना स्मार्ट लघुवित्तले तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने


काठमाडौँ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । संस्थाले यही असार १७ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ८९ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको संस्थाको सेयर बिक्रीकार्य छिटोमा यही असार २१ गते र ढिलोमा यही असार ३१ गते बन्द हुनेछ । संस्थाको जारी पुँजी भने हाल १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ ।

संस्थाले जारी गर्ने कुल साधारण सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ५८ कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् १९ हजार चार सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी तीन लाख ६३ हजार चार सय ९२ कित्ता भने सर्वसाधारणको लागि छुट्याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया