वित्तीय साक्षरताको लागि ग्लोबलको प्रभातफेरी
काठमाडौं, माघ ५
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरताको लागि प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि प्रभातफेरी सहितका विभिन्न कार्यक्रमहरुको अयोजना गरेको हो । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौै भन्ने मूल नाराका साथ काठमाडौमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो ।
प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोड गेट, बीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । बैंकले काठमाडौं उपत्यकामा मात्र नभएर काठमाडौ बाहिरका विभिन्न ठाउँहरु विराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । वार्षिकोत्सवकै अवसरमा गत पुस १७ गते कान्तिपथलगायत काठमाडौंबाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ ।
२०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । दुई सय ६६ शाखा, दुई सय ५५ एटीएम, ३६ राजस्व संकलन तथा एक्स्टेन्सन काउण्टर, दुई सय ४९ शाखारहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आईएमई बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ । त्यस्तै बैंकले अष्टे«लिया युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका देशहरुबाट रेमिट्यान्स आप्रवाहमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया