Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनारायणी डेभलपमेन्ट बैंकद्वारा १३ करोड १२ लाख रुपैयाँबराबरको हकप्रदको लागि आवेदन

नारायणी डेभलपमेन्ट बैंकद्वारा १३ करोड १२ लाख रुपैयाँबराबरको हकप्रदको लागि आवेदन


काठमाडौँ ।
नारायणी डेभलपमेन्ट बैंकले १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १३ लाख १२ हजार तीन सय ३८ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै आवेदन दिएको हो ।

बैंकको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५२ लाख ३४ हजार तीन सय ८२ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले १० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १३ करोड १२ लाख ४५ हजार चार सय रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ४४ लाख ३७ हजार चार सय ५२ रुपैयाँ निक्षेप संकलन गरी दुई करोड ६७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा खुद ब्याज आम्दानी ७८ लाख ५७ हजार तीन रुपैयाँले ऋणात्मक रहेको बैंकमा २५ दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा पनि २१ करोड २७ लाख ५८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुुई करोड ५८ लाख ४८ हजार सात सय ५२ रुपैयाँ निक्षेप संकलन गरी २९ लाख ९३ हजार छ सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शतप्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर १७ दशमलव ६४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया