Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नतिले ३८ प्रतिशतभन्दा बढी सेयर लाभांश दिने

उन्नतिले ३८ प्रतिशतभन्दा बढी सेयर लाभांश दिने


काठमाडौं, माघ ५
भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सञ्चालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह अध्यक्षता, संघीय सांसद भरत शाहको प्रमुख आतिथ्यता र मानव संसाधन तथा सामान्य सेवा विभागीय प्रमुख लाल बहादुर रावलको सञ्चालनमा भैरहवाकै होटेल पौवामा पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त साधारणसभामा कम्पनी सचिव एवं संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले संस्थाको भावी योजनाहरुबारे सभालाई जानकारी गराउँदै पाँच सामान्य र १६ वटा विशेष प्रस्तावहरु राखेका थिए । उक्त प्रस्तावको दशौं नम्बरमा हक हस्तान्तरणसम्बन्धी एक प्रस्ताव थपिएपछि १७ वटा विशेष प्रस्तावहरु पारित भएका छन् ।

कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत पाठकले सभामा आव २०७५/७६ को अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को सम्पूर्ण वित्तीय विवरण माथि छलफल, २०७६ असार मसान्त सम्म कायम चुक्तापुँजीको दुई दशमलव शून्य तीन प्रतिशत कर प्रयोजनार्थको नगद लाभांसको लागि स्वीकृति, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने र स्वतन्त्र सञ्चालक पदमा सञ्चालन समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने पाँच वटा सामान्य प्रस्तावहरु सभाले पास गरेको छ ।

त्यसैगरी २०७६ असार मसान्त सम्मको कायम आठ करोड ८२ लाख ७५ हजार रुपैयाँ चुक्तापुँजीको ३८.६० प्रतिशत बोनस सेयर दिने, आव २०७५/७६ को बोनस सेयर वितरण पश्चात हुने १२ करोड २३ लाख ४९ हजार एक सय ५० रुपैयाँ चुक्तापुँजी र सहकार्य लघुवित्त वित्तीय संस्थाको २०७६ साउन कल इन एडभान्स समेत गरी तीन करोड ६२ लाख ५० हजार डिडिए प्रतिवेदन समेतको आधार तथा सम्युक्त मर्जर समितिबाट निर्धारण गरिएको सेयर आदानप्रदान अनुपात सहकार्य लघुवित्त वित्तीय संस्थाको सय कित्ता सेयरलाई ७५ कित्ता सेयर प्रदान भएपश्चात् कायम हुने चुक्तापुँजी दुई करोड ७१ लाख ८७ हजार पाँच सय रुपैयाँ गरी १४ करोड ९५ लाख ३६ हजार छ सय ५० रुपैयाँ कायम गर्ने, सञ्चालक समितिको बैठक भत्ता तथा सेवा बृद्धि गर्ने, उन्नति र सहकार्यबीचको मर्जरसम्बन्धी अध्यक्षको प्रतिवेदनमाथि छलफल, सुम्युक्त मर्जर समितिले कायम गरेको संशोधित सेयर स्वाप अनुपात स्वीकृत गर्ने, मर्ज प्रयोजनको लागि मुल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक/मुल्याङ्कनकर्ताको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने, सहकार्यबाट चयन भई आउने सञ्चालकहरुलाई पदस्थापना गर्ने एवं अनुमोदन गर्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने, नयाँ सञ्चालक समितिको कार्यकाल गाभिएपछि बन्ने संस्थाको प्रथम वार्षिक साधारणसभा नभएसम्म मात्र कायम रहने, दुवै वित्तीय संस्था गाभिएपछि कायम चुक्तपुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्ने, हक हस्ताण्तरण, हकप्रद सेयरपश्चात् पुग्ने २९ करोड ९० लाख ७३ हजार तीन सय रुपैयाँसम्म वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने रहेका छन् ।

त्यसैगरी मर्जपश्चात् आवश्यक सम्पूर्ण प्रक्रिया तथा ऐन, नियम नियमावलीअनुसार आवश्यक थपघट तथा परिमार्जनलाई सञ्चालक समिति तथा समितिले अख्तियारी दिएको अधिकारीलाई अख्तियारी प्रदान गर्ने, मर्जपश्चात् परिवर्तित नाम उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय सिनपा – १२, भैरहवामा रहि काम गर्न अनुमति प्रदान गर्ने, मर्जपश्चात् संस्थाको सेयर स्वामित्व अनुपात ७५.४५ प्रतिशत (संस्थापक) र २४ दशमलव ५५ प्रतिशत (सर्वसाधारण) रहने, राष्ट्रियस्तरको लघुवित्त संस्थाको रुपमा स्तरोन्नति गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने र प्राप्ति हुन जाने उपयुक्त देखिए सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, मर्जको लागि आवश्यक सम्पूर्ण प्रक्रियामा काम कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु सभाले पास गरेको छ ।

३७ जना संस्थापक सेयर सदस्यहरुको एक करोड ५४ लाख रुपैयाँ पुँजीबाट सञ्चालनमा आएको संस्थाको विगत र वर्तमानमा धेरै अन्तर आएको छ । दश जिल्ला कार्यक्षेत्रबाट सेवा सुरु भई १५ जिल्ला कार्यक्षेत्र हुँदै राष्ट्रिय स्तरबाटै सेवा प्रवाह गर्ने गरी अगाडि बढेको छ । तीन जना कर्मचारीबाट सञ्चालन भएको संस्थामा हाल दुई सय कर्मचारीहरु पुगेका छन् । हाल ३९ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गरेको संस्थाको मर्जपश्चात् बन्ने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी, दुई अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी, ७५ करोड निक्षेप संकलन हुनुका साथै ५५ वटा शाखा कार्यालयहरु २५ जिल्लामा रही सेवा प्रवाह गर्ने छन् जहाँ तीन सय कर्मचारीहरुले प्रत्यक्ष रोजगार पाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया