Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रुडेन्सीयल इन्स्योरेन्सको सञ्चालकमा संघाई र रायमाझी निर्वाचित

प्रुडेन्सीयल इन्स्योरेन्सको सञ्चालकमा संघाई र रायमाझी निर्वाचित


काठमाडौं ।
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शैलेश संघई र अनिता रायमाझी निर्वाचित भएका छन् । कम्पनीका अनुसार कम्पनीको पछिल्लो पटक सम्पन्न भएको १९औँ वार्षिक साधरणसभाले सर्वसाधारण सेयरधनी समूह (ख) को तर्फबाट संघई र रायमाझीलाई निर्वाचित गरेको हो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड छ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ५४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सउय ८९ रुपैयाँ ३० पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया