Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबैको लघुवित्तको नाफा दुई करोड ३९ लाख

सबैको लघुवित्तको नाफा दुई करोड ३९ लाख


काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ९२ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ४६ लाख आठ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८१ करोड ८९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १० करोड १० लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ३९ लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा संस्थाले ६१ करोड ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड दुई लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६२ लाख सात हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५७ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया