Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजीवन विकास लघुुवित्तको १९ करोड ७७ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला

जीवन विकास लघुुवित्तको १९ करोड ७७ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला


काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूय कायम रहनेगरी १९ लाख ७७ हजार तीन सय कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

बिक्री खुल्ला भएको कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् ३० हजार चार सय २० कित्ता संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ९८ हजार नौ सय ६५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा छुट्याइएको संस्थाले जनाएको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ४१ करोड छ लाख ७० हजार रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

संस्थाका अनुसार लगानीकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही असार ११ गतेबाट खुल्ला भएको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया