Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआँधीखोला लघुवित्तद्वारा चौथौ वार्षिक साधारणसभाको आह्वान

आँधीखोला लघुवित्तद्वारा चौथौ वार्षिक साधारणसभाको आह्वान


काठमाडौं ।
आँधीखोला लघुुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाको यही असार १० गते बसेको सञ्चालक समितिको एक सय २८औँ बैठकले यही असार ३१ गते आफ्नो चौथो वार्षिक साधारणसभा गर्ने आह्वान गरेको हो ।

उक्त वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नको अतिरिक्त एक वा एकभन्दा बढी लघुुवित्त संस्थाहरूलाई गाभ्ने वा प्राप्ति गर्ने वा प्र्राप्तिमा जाने समेतको प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही असार १५ गतेदेखि असार ३१ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुुनेछ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ९० लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १७ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ५२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब चार करोड १५ लाख दुुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४२ लाख १५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २७ करोड ९० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७० करोड ९३ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ३० लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड छ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४४ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया