Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको टिकटक भिडियो च्यालेन्ज सुरु

एनआईसी एसिया बैंकको टिकटक भिडियो च्यालेन्ज सुरु


काठमाडौं ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिँदै सहज बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एसिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ असार ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको मो बैंक गरौँ’ थिमका छवटा फरक–फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ । बैंकका यस प्रतियोगितामा सहभागी भई प्रतिभिडियो १५ हजारबराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एकभन्दा बढी भिडियोहरू छनोट भएमा १५ हजार रुपैयाँका दरले हुनआउने कुल रकमबराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।

बैंकका अनुसार टिकटक भिडियो च्यालेन्जमा सहभागी हुनको लागि बैंकको आधिकारिक टिकटक पेज फलो गर्नुपर्नेछ । सहभागीले आफूले बनाएको भिडियो आफ्नो टिकटक पेजमा पाँच जना साथीहरूलाई ट्याग एवं एट एनआईसी एसिया बैंक अफिसियल समेत उल्लेख गरेर सार्वजनिक रूपमा सेयर गर्नुपर्नेछ । माथि उल्लिखित प्रक्रिया पूरा गरेपछि अपलोड भएका छवटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एकवटा भिडियो विजयी हुनेछन् । बैंकका अनुसार विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५२ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया