Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २८ सय ४३ बिन्दुमा

बजार परिसूचक २८ सय ४३ बिन्दुमा

सातामा ४९ अर्ब १२ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयरबजार परिसूचक २८ सय ४३ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २५ दशमलव ६४ बिन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार पाँच लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार पाँच सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४९ अर्ब १२ करोड १० लाख नौ हजार तीन सय ४१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ३० अर्ब रुपैयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार आठ लाख १५ हजार एक सय ३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एक सय ४७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौँ दिन बजार परिसूचक परिसूचक ओरालो लागेको थियो भने तेस्रो दिन बजार परिसूचक उकालो लागेको थियो ।

सोमध्ये पहिलो दिन बजार परिसूचक ६३ दशमलव २८ अंकले ओरालो लागेर २९ सय पाँच दशमलव १४ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ बिन्दुले ओरालो लागेर पाँच सय २८ दशमलव ५१ बिन्दुमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ७१ दशमलव छ अंकले ओरालो लागेर दुई हजार आठ सय ३४ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३७ बिन्दुले ओरालो लागेर पाँच सय २० दशमलव १८ बिन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक ७९ दशमलव ४४ अंकले उकालो लागेर तीन हजार २२ दशमलव १० बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव १९ अंंकले उकालो लागेर पाँच सय ३६ दशमलव ३४ बिन्दुमा चढेको थियो ।

चौथो कारोबार दिन भने बजार परिसूचक ५१ दशमलव ६५ अंकले ओरालोे लागेर दुई हजार आठ सय ६२ दशमलव १८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले ओरालो लागेर पाँच सय २८ दशमलव ८७ बिन्दुमा झरेको थियो । यसैगरी अन्तिम कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार आठ सय ४३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले ओरालो लागेर पाँच सय २५ दशमलव ६४ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया