Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकिङमा निःशुल्क डिम्याट सुविधा

नबिल बैंकिङमा निःशुल्क डिम्याट सुविधा


काठमाडौं ।
विद्यमान कोभिड १९ को संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनुपर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयरबजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूको स्वास्थ्यको ख्याल गरी चालू आर्थिक वर्षको आसार मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्यरूपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरूको लागि यो सेवा निकै नै फलदायिक हुने विश्वास कम्पनीले लिएको छ ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकून् भन्ने उद्देश्यले यस कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको हो । यसका लागि खाता खोल्न चाहने व्यक्तिहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइटमा गई अनलाई डिम्याटभित्र क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरू रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ । यसरी आफूले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइने र यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरूको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरू र उद्यमीहरूको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशील इन्भेष्टमेन्ट बैंकिङ सुविधाहरू नबिल इन्भेष्टले पछिल्ला दिनहरूमा सञ्चालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राइभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरूलाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपायसहित बुक बिल्डिङ प्रविधिबाट निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवासहित एकै छानामुनि सबै आर्थिक तथा वित्तीय समाधानहरू पर्दछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया