Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारयुनियन लाइफले पायो ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयरको अनुमति

युनियन लाइफले पायो ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयरको अनुमति


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण जारी गर्नको लागि आइतबार अनुुमति दिएको हो ।

बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने प्रभुु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया