Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्तले कमायो तीन करोड २६ लाख

राष्ट्र उत्थान लघुवित्तले कमायो तीन करोड २६ लाख


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड २६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९६ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६७ करोड ६१ लाख तीन हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५१ करोड ६४ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड १० लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड २९ लाख ८५ हजार रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा संस्थाले ६१ करोड ६२ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५३ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ७५ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६७ लाख १५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया