Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्त र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

राष्ट्र उत्थान लघुवित्त र एनआईबीएल एस क्यापिटलबीच सम्झौता


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संंस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक श्रीमती जया लोहनी तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाले आठ करोड ५० लाख रुपैयाँबराबरको आठ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया