Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २८ सय २८ अंकमा

सेयर बजार परिसुचक २८ सय २८ अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो पाँच दसमलव ११ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार ४७ दसमलव ४९ अंकले ओरालो लागेर २८ सय २८ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ८७ अंकले ओरालो लागेर पाँच सय २३ दसमलव ७० अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ७५ हजार आठ सय ८० पटकको कारोवारमा एक करोड ४० लाख ४४ हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार आठ सय ६९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिचभटेड (नेप्से) मा आज १३ वटा उपसमुहको कारोवार भएका छन् । जसमध्ये लघुुबित्त उपसमुहको सुचक बढेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया