Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत हस्तान्तरण

सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत हस्तान्तरण


काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ असार १ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा टेवा पु-याउने अभिप्रायले राहतस्वरूप रकम सहयोग गरेको छ । संस्थाले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहतस्वरूप ३० हजारको चेक हस्तान्तरण गरेको हो ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीकोरूपमा रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको संस्थाले देशका २७ वटा जिल्लाहरूमा ६२ वटा शाखाहरूमार्फत लघुवित्तीय सेवाहरूलगायत गैरवित्तीय सेवाहरू समेत प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया