Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने

युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने


काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण जारी जारी गर्न लागेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभुु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम तीन हजार दुुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ ।

अधिकृत पुँजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया