Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’को उद्घोष

नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’को उद्घोष


काठमाडौं ।
नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिकस्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघु उद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने, ‘समग्र बैंकिङ क्षेत्रले लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको छ । वर्षौँको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ । हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौँ जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौँ ।

नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोटबिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहुँ बढ्दै छ । नबिल बैंक, नेपालकै एक अग्रणी बैंकले सुदृढ नेपालका लागि दिगोपन/स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको छ ।

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यवसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ । यी उत्पादनहरू देशव्यापीरूपमा सबै शाखाहरूमा ल्याइए पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्ने दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी)का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौतामार्फत देशभरिका सीटीईभीटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघुवित्त वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ । समझौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सीटीईभीटीका सदस्यसचिव जीव नारायण काफ्लेले हस्ताक्षर गरे ।

बैंकले हाल आफ्नो देशभर एक सय १९ वटा शाखा कार्यालय, एक सय ८५ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

राष्ट्र बैंकद्वारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिललाई स्वीकृति
नेपाल राष्ट्र युनाइटेड फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गर्नको लागि नबिल बैंक लिमिटेडलाई अन्तिम स्वीकृत दिएको छ ।

Open Photo

राष्ट्र बैंकका अनुसार युनाइटेड फाइनान्सको एक सय कित्ता सेयरबराबर नबिल बैंकको ३५ कित्ता मात्र सेयर पाउने गरी उक्त एकीकृत कारोबार सञ्चालन गर्न अनुमति दिइएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया