Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्ने

हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्ने


काठमाडौं ।
हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीले हकप्र्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ११ अर्ब रुपैयाँबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत यही साउन ५ गतेबाट खुल्ला हुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य साउन २५ गतेसम्म कायम रहनेछ । अधिकृत पुँजी ५० अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी २२ अर्ब रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया