Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित


काठमाडौं ।
नागरिक लगानी कोषले २६औँ वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित नौ प्रतिशत बोनस सेयर र आठ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी आव २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितिको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो । कोषले आधुनिक र सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्ने विगत लामो समयदेखिको आकांक्षालाई मूर्तरुप दिई यो वर्ष आफ्नै भवनभित्रबाट भर्चुअल सञ्चालन गरेको हो । कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिएका थिए ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले एक खर्ब ७२ अर्ब रकम संकलन र एक खर्ब ७१ अर्ब ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पुँजी वृद्धि हुनका साथै कारोबार विस्तार भई विगतदेखि सञ्चालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजारसम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।

कोषको आर्थिक वर्ष २०७६/०७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम सुरु गरिसकेको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार सुरु भएको छ ।

कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्वेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया