Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल


काठमाडौं ।
सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैकको २०७८ जेठ २७ मा बसेको सञ्चालक समितिको तीन सय ४५औँ बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि नियुक्त गरेको थियो । उनी २०७८ वैशाख १८ गतेदेखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

नेपालका विभिन्न बैंकहरु (स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकमा १६ वर्ष, एनआईसी एसिया बैंकमा साढे पाँच वर्ष, नबिल बैंकमा एक वर्ष र पछिल्लो दुुई वर्ष सिभिल बैंकमा २४ को वर्षको अनुभव र नेपालबाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरु (स्ट्यान्डर्ड चार्टर्ड बैंक, अफगानिस्तानमा साढे तीन वर्ष, म्यान्मारको युनाइटेड अमारा बैंकमा एक वर्ष र म्यान्मारको एजीडी बैंकमा एक वर्ष) मा छ वर्ष समेत गरी कुल तीन दशक लामो बैंकिङ अनुभव छ ।

डिजिटाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा संगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पु-याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताउँदै बैंकले चालू आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको बताए । बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँँ निक्षेप र ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया