Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पेबीच सम्झौता

महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पेबीच सम्झौता


काठमाण्डौँ,माघ ६
महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पे प्रालिबीच सम्झौता भएको छ । ग्राहकहरूलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ई–सेवा फोन–पे प्रालिबीच आईतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ई–सेवा फोन–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेख भएबमोजिम ग्राहकहरूले ई–सेवा फोन–पेका एजेन्टहरूमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् ।

उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्करूपमा मोबाइल बैंकिङ सेवा, एटीएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउनेछ ।बैंकले आगामी दिनमा ई–सेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने कुरा जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया