Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थ बैंकको सहयोगमा निःशुल्क क्यान्सर जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क क्यान्सर जाँच शिविर


काठमाडौँ,माघ ६
सिद्धार्थ बैंकले यही माघ चार गते शनिबार काठमाडौँं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपूर्ण मिसाःपुच र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दे निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना गरेको छ ।पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जानेछ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एक शाखारहित बैंकिङ सेवा, दुुई सय एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया