Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटलमा लगानीको अवसर

एनआईबीएल एस क्यापिटलमा लगानीको अवसर


काठमाडौं ।
एनआईबील एस क्यापिटल लिमिटडले लगानीको अवसार सार्वजनिक गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको हो ।

कम्पनीका अनुसार यो योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा समृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागी हुन न्यूनतम ३०० इकाइ अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना २०७८ असार २० गते देखि २०७८ असार २४ गतेसम्म मात्र लागू हुनेछ । कम्पनीका अनुसार यो योजनाको नतिजा २०७८ साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ । योग्य सहभागीहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र शर्तहरुअनुसार पुरस्कार वितरण गरिने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया