Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा पुडासैनी

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा पुडासैनी


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिव हुुन् ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया