Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जनरलको तेस्रो वार्षिक साधारणसभा

सानिमा जनरलको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अनुसार बुधबार अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालय कमलादीमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

भर्चुुअलरूपमा सम्पन्न भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमा (एनएफआरएस) बमोजिम पेस गरेको उक्त प्रतिवेदन पारित गरेको जनाएको छ । सभाले कम्पनीको वार्षिक लेखापरीक्षकमा सुजन काफ्ले एन्ड एसोसिएट्सलाई सर्वसम्वतरूपमा चयन गरेको छ । सभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रपूजा पोखरेल र प्रकाशमान श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रधान कार्यालयसहित २० वटा शाखामार्फत कारोबार सञ्चालन गर्दै आएको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ८१ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १७ रुपैयाँ छ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया