Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक र निजामती अस्पतालबीच सम्झौता

कृषि विकास बैंक र निजामती अस्पतालबीच सम्झौता


काठमाडौं ।
कृषि विकास बैंक र निजामती अस्पताल (सिभिल) बीच सम्झौता भएको छ । बैंकका अनुसार निजामती अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्बन्धमा बुधबार एक समारोहका बीच सम्झौता भएको हो ।

आगामी १० वर्षका लागि भएको उक्त सम्झौतापत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ सेवाहरू सहजरूपमा उपलब्ध हुनेछन् देशको ७७ जिल्लामा एक्सटेन्सन काउन्टर समेत गरी दुई सय ८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्यसहित आगामी श्रावण महिनादेखि उल्लिखित सेवा सञ्चालन गर्ने भएको छ, अस्पतालको विलिङ काउन्टर बैंकले सञ्चालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिइएको छ ।

उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्ध यज्ञप्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, वाग्मती प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठाघरका प्रबन्धक खेटराज दाहाललगायत अन्य कर्मचारीहरूको समेत उपस्थिति थियो भने अस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख, चुडामणि गौतम, कर्मचारी युनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन निजामती अस्पतालका उपसचिव भोला चापागाईले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया