Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल सहभागिता फण्ड तेस्रो वर्षमा

एनआईबीएल सहभागिता फण्ड तेस्रो वर्षमा


काठमाडौं ।
नेपालकै पहिलो खुलामुखी योजाना एनआईबीएल सहभागिता फण्डले सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले नेपालकोे पुँजीबजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको छ ।

यो खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६–०७७ मा नै आफ्ना एकाइधनीहरूको लागि आठ दशमलव २५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो । १० रुपैयाँ अंकित मूल्य रहेको यो योजानाको २०७८ साल असार २२ गतेको दिनको तथ्यांकअनुसार प्रतिएकाइ खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको भने योजनाको आधारमा ३१ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

योजना व्यवस्थापक, एनआईबीएल एस क्याप्टिल लिमिटेडले एनआईबीएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरूलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको थियो । तसर्थ यस योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ताहरूलाई आज योजानाको अन्तिम दिन अपराह्न ३ बजेसम्ममा सहभागी हुन समेत एनआईबीएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको छ । यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुुक लाइभमार्फत गरिनेछ । योग्य सहभागीहरूबाट २० जना विजेता घोषणा गरिनेछ र पूर्वनिर्धारित नियम र सर्तहरूअनुसार पुरस्कार वितरण गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया