Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा

एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा


काठमाडौं ।
एभरेस्ट बैंकले सगरमाथाको चुचुरोमा आफ्नो झण्डा फहराएको छ । बैंकका अनुसार २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रूपमा रहेका कीर्तिमानी आरोही मिङ्माडेविड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।

बैंकको बिहीबार केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरू केशवराज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा ग्रीष्मकालमा एमटी केटुको सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय तीनवटा शाखा सञ्जाल, एक सय ३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया