Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर गुल्मीमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर गुल्मीमा


काठमाडौँ माघ ७

ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एवं राजस्व संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेको बैंकले जनाएको छ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको बैंकिङ आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले दुुई सय ६६ शाखा, दुुई सय ५५ एटीएम, ३७ एक्सटेन्सन काउन्टर राजस्व संकलन काउन्टर र दुुई सय ४९ शाखारहित बैंकिङ सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा गुल्मी जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्र्यलयका प्रमुख रामबहादुर खड्कालगायत अन्य विशष्ट पदाधिकारी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया