Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको छैटौंँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै

लक्ष्मी बैंकको छैटौंँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै


काठमाण्डौँ,माघ ७
छैटौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँंमा आयोजना हुनेभएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोस्रो हप्ता विगत चार वर्षजस्तै लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ । कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदै छ । त्यसैगरी कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ, जसले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको छ ।

गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।
यो वर्ष तीन सयभन्दा बढी सहभागीहरूको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीलगायत विज्ञहरू र विद्यार्थीहरूको उपस्थिति रहनेछ । कार्यक्रममा विभिन्न विज्ञहरूको सम्बोधन, प्रेरक वक्ताहरूको प्रस्तुति, प्यानल छलफललगायत विभिन्न कार्यशालाहरूको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको ¥याडिसन होटलमा आयोजना गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया