Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगण्डकी विकास बैंकको लाभांश पारित

गण्डकी विकास बैंकको लाभांश पारित


काठमाण्डौँ,माघ ७
पोखरामा केन्द्रीय कार्यालय भएको गण्डकी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपाल राष्ट्र बंैकबाट स्वीकृत भएको चुक्ता पुँजीको १७ दशमलव ३२ प्रतिशत अर्थात् ४७ करोड ६३ लाख रूपैयाँ करसमेतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न सभाले सञ्चालक समितिको आव २०७५ ÷७६ को प्रतिवेदन, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत आव २०७६÷७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को बेष्ट म्यानेज डेभलपमेन्ट बैंकको अवार्डबाट पुरस्कृत विकास बैंकको कुल चुक्तापुुँजी दुुई अर्ब ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्तसम्ममा कुल निक्षेप ३२ अर्व ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रूपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ । निकट भविश्यमा बंैकले विभिन्न स्थानमा गरी थप ३ बटा शाखाहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ । बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरूको बीचमा समझदारीपत्रमा हस्ताक्षर भई प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ति गरेपश्चात् बन्ने एकीकृत बैंक अझ सवल, सक्षम र अग्रणी बंैक बन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरूको लगानीको सम्वद्र्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने विश्वास लिइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया