Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पे र दराजबीच सम्झौता

आईएमई–पे र दराजबीच सम्झौता


काठमाडौं । आईएमई–पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार दराजका सेवाग्राहीहरूले दराजबाट समान खरिद गर्दा आईएमई–पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

साथै, यही साउन एक गतेबाट सुरु हुने एक रुपैयाँ गेम रसाउन तीन गतेबाट सुरु हुने दराज महाबचत उपहार योजनामा सहभागी भई आइफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिनेछ । सम्झौतापत्रमा आईएमई–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङले हस्ताक्षर गरेका हुन् ।

बुधबार पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवं आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्स कम्पनी र आईएमई–पेजस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आईएमई–पेले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया