Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगुराँस लाइफद्वारा संस्थापक सेयर रूपान्तरण

गुराँस लाइफद्वारा संस्थापक सेयर रूपान्तरण


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सेयर रूपान्तरण गरेको छ । कम्पनीले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो ।

जसअनुसार १९ लाख ७५ हजार पाँच सय ८४ दशमलव छ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । सेयर रूपान्तरणपश्चात कम्पनीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ६० दशमलव ४० प्रतिशत पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमासिक अवधिमा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा आठ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी सात रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २९ रुपैयाँ ३१ पैसा रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया