Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको चामत्कारिक प्रगति

नेसनल लाइफको चामत्कारिक प्रगति


काठमाडौं । जीवन बीमा व्यवसायमा नेसनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको जानकारी दिएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिएको जानकारी दिएको हो ।

कुल बीमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्बभन्दा माथि पु-याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको स्टाटस नै तलमाथि हुनेगरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन् । बीमासमितिको सूत्रअनुसार एलआईसी नेपालको प्रथम बीमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा रहेको छ भने युनियन लाइफको तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नवीकरण बीमाशुल्क समेत उल्लेख्यरूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कुल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो ।

सबै वित्तीय सूचकांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बीमा शुल्क आम्दानी गरेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया