Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल हस्पिटलमा कोरोना विशेष वार्ड स्थापना गरिँदै

माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल हस्पिटलमा कोरोना विशेष वार्ड स्थापना गरिँदै


काठमाडौं । माछापुच्छ्रे बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौँको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गएको दुुई वर्षदेखि विश्वव्यापीरूपमा फैलिँदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष ववार्डको स्थापना गरिदिन लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् ।

सम्झौतापश्चात् बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६१ वटा शाखाहरू र एक सय ६५ शाखारहित बैंकिङ सेवा, पाँचवटा एक्सटेन्सन काउन्टर समेत गरी जम्मा तीन सय ३१ स्थानवाट नौ लाखभन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर दुई सय दुईवटा एटीएमहरू सञ्चालनमा रहेको छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया