Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमैलुङ खोला जलविद्युुत् कम्पनीले सात करोड ३६ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने

मैलुङ खोला जलविद्युुत् कम्पनीले सात करोड ३६ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने


काठमाडौं । मैलुङ खोला जलविद्युुत् कम्पनीले सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । कम्पनीले यही साउन १४ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी सात लाख ३६ हजार दुई सय ८६ कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् १४ हजार सात सय २६ कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन हजार छ सय ८४ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी छ लाख ८४ हजार सात सय ४६ कित्ता सर्वसाधारणको लागि बिक्री हुनेछ ।

सिद्धार्थ क्यापिटलमार्फत बिक्री खुला हुने कम्पनीको सेयर बिक्री कार्य यही साउन १४ गतेबाट खुला भई छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी २९ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार चार सय रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया