Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्सद्वारा वार्षिक सभा आह्वान

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक सभा आह्वान


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीका अनुसार यही साउन २१ गते १५औँ वार्षिक साधरणसभाको आह्वान गरिएको हो ।

उक्त वार्षिक साधाारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब नौ करोड ६३ लाख ७५ हजार पाँच सय रुपैयाँमध्येबाट १० प्र्रतिशतको अनुपातमा १० करोड ९६ लाख ३७ हजार पाँच सय ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुुग्नेछ । कम्पनीका अनुसार वार्षिक साधरणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही साउन १४ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया